चितवनको कार्टुन उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी

चितवनको कार्टुन उद्योगमा आगलागी, नियन्त्रणको प्रयास जारी


चितवन,

भरतपुर महानगरपालिका–४ बाह्रघरेमा रहेको युनाइटेड प्याकेजिङ कम्पनीमा (कार्टुन बनाउने उद्योगमा) आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ः३० बजे विद्युत् चुहावट भई आगलागी भएको थियो ।

भद्रनारायण पियाद्वारा सञ्चालित सो उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । महानगरपालिकाको, दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट के कति क्षति भयो भन्ने विवरण पनि आएको छैन । आगलागीको कारण समेत खुल्न सकेको छैन ।

Logo