भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एककाे मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एककाे मृत्यु


भक्तपुरको नयाँठिमी चारदोबाटोमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक मध्यपुर ठिमी-५ कमेरेटारका २२ वर्षीय राजेश गोजा छन् । गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालक भक्तपुर नगरपालिका-५ तौमढीका ३१ वर्षीय प्रवीण लोहला घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहान साढे १० बजेको समयमा काठमाडौं जाँदै गरेको बा ७३ प ९७२१ नम्बरकाे मोटरसाइकल र बाटो क्रस गरी बालकोटतर्फ जाँदै गरेको बा ६७ प ६७५४ नम्बरकाे स्कुटर एकआपसमा ठोकिएर दुर्घटना भएको थियो ।

Logo