टी–ट्वान्टी विश्वकप : आज नेपाल र कुवेत भिड्दै

टी–ट्वान्टी विश्वकप : आज नेपाल र कुवेत भिड्दै


काठमाडौँ,
आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट अन्तर्गत आज नेपाल र कुवेतवीच खेल हुने तालिका छ ।

नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कायमै रहेको छ तर आजको खेल कसैगरि पनि जित्नै पर्ने दबाब पनि नेपाललाई उस्तै छ । यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ । नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन् । जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ । त्यस्तै दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ ।

Logo