‘पत्रकार उपचार कोष’ लाई झापा गोल्डकपद्वारा १ लाख ११ हजार रुपैयाँ सहयोग

‘पत्रकार उपचार कोष’ लाई झापा गोल्डकपद्वारा १ लाख ११ हजार रुपैयाँ सहयोग

केन्द्रबिन्दु
98
Shares

झापा। नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘पत्रकार सहारा उपचार कोष’ लाई झापा गोल्डकपले सहयोग गरेको छ।

‘अर्ना छैठौं झापा गोल्डकप’ उद्घाटन समारोहको अबसर पारेर शनिबार झापा गोल्डकपले पत्रकार उपचार कोषका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो।

बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र प्रमुख अतिथि सभामुख देवराज घिमिरेले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

पत्रकारहरूको उपचारका लागि स्थापना गरिएको कोषको रकम १ करोड नजिक पुगेको महासंघका उपाध्यक्ष केशव भट्टराईले जानकारी दिए।

गोल्ड कपलाई सफल बनाउन झापाली पत्रकारहरूले ठूलो सहयोग गरेको भन्दै अर्ना छैठौं गोल्डकपको प्रिइभेन्ट प्रेस मिटमा अध्यक्ष बस्नेतले उक्त रकम सहयोग गर्ने घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo