आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

केन्द्रबिन्दु
980
Shares

काठमाडौँ। साताकाे पहिलाे काराेवार दिन आज नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढेको हाे।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार ४ सय रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम रहेकाे थियो।

यस्तै आज चाँदीको मूल्य पनि बढेकाे छ। महासंघका अनुसार शुक्रबार १३ सय ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज २० रूपैयाँले बढेर १४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo