नयाँ वर्षसँगै सञ्चालनमा आउँदै भेडेटारकाे स्काईवाक टावर, के छन् सुविधा, कति लाग्छ टिकट ?

नयाँ वर्षसँगै सञ्चालनमा आउँदै भेडेटारकाे स्काईवाक टावर, के छन् सुविधा, कति लाग्छ टिकट ?

केन्द्रबिन्दु
5.7k
Shares

-राजिव न्याैपाने

काठमाडौं । भेडेटारमा निर्माणाधीन स्काईवाक टावरको काम ९० प्रतिशत सकिएको छ । निर्माणकर्ता वन्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्रयाक्सन प्रालिले टावरको काम अन्तिम चरणमा पुर्याएसँगै सञ्चालनमा ल्याउने तयारी थालेको हो ।

वन्डर्स एम्युजमेन्ट पार्क एण्ड अट्रयाक्सनका सञ्चालक संजिव रोक्काले भेडेटारको स्काईवाक नयाँ वर्ष (२०८१) सँगै सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए । उनका अनुसार स्काईवाकको मुख्य संरचनाको काम सकिएको अवस्था छ ।
‘यो स्काईवाकको मुख्य संरचनाको निर्माण कार्य लगभग सकिएको छ, हाल त्यसको फिनिसिङ साथै अफिसका भवनहरू तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यी सबै काम सकेर नयाँ वर्ष अगावै स्काईवाकको उद्घाटन गरी व्यवसायिक रूपमा सञ्चालनमा ल्याउने छौं ।’

रोक्काका अनुसार स्काईवाकको कुल लागत २० करोड रुपैयाँ रहेकाे छ, जसमध्ये हालसम्म स्काईवाक निर्माण गर्दा करिव १६ करोड रुपैयाँ खर्च भइसकेको छ । ‘आयोजना क्षेत्रभित्रै ३० मिटर अग्लो टावर हुनेछ, सो टावरको काम पनि केही दिनभित्र सकिँदै छ,’ उनले भने, ‘हामीले स्काईवाकको चाहिने ग्लास अर्डर गरिसकेका छौं, फागुनभित्रै सिसा ब्रिज राखिसक्छौं ।’

ब्रिजमा सिसा राखेपछि केही हप्ता ट्रायल गर्नुपर्ने हुन्छ, जुन ट्रायल चैत्रको पहिलो र दोस्रो हप्ता गर्ने योजना रहेकाे कम्पनीले बताएको छ । ट्रायलपछि लाइसेन्सको प्रक्रिया सुरु हुने उनको भनाई छ । उक्त स्काईवाक सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा तयार भएको हो । यसमा निजी क्षेत्रको लगानी भएता पनि बेनिफिट सेयरिङ भने प्रदेश, स्थानीय र निजी क्षेत्रसँग हुनेछ ।

सञ्चालक रोक्काका अनुसार टिकट सेल्सको ५ प्रतिशत रकम प्रदेश सरकारलाई दिइनेछ । उक्त रकम प्रदेश तथा स्थानीय तहबीच बाँडफाँड हुने बताइएकाे छ।

भेडेटारको शैलुड डाँडाबाट धरानतर्फ ५० मिटर लामो यो स्काईवाक हुनेछ । उक्त स्काई ब्रिजमा चढेर त्यहाँका सुन्दर दृश्यहरू नियाल्न सकिने छ । स्काईवाकको उचाइ १०० मिटरदेखि ५०० मिटरसम्म हुनेछ भने ४ मिटर चौडाइ हुनेछ । प्रदेश लगानी प्राधिकरणले उक्त ठाउँको जग्गा प्रवर्द्धक टिमलाई २५ वर्षको लागि लिजमा उपभोग गर्न अनुमति दिएको छ ।

के छन् सुविधा, कति छ प्रवेश शुल्क ?
भेडेटार स्काईवाक केही महिनाभित्रै सञ्चालनमा आउँदै छ । विभिन्न सेवा सुविधासहित सञ्चालनमा आउने यो टावरले भेडेटारको पर्यटन प्रवर्द्धन गर्नमा मदत पुर्याउने विश्वास लिइएको छ । उक्त स्काईवाक साहसिक पर्यटनको हब बन्ने विश्वास प्रवद्र्धकहरुले लिएका छन् ।

उक्त स्थानमा स्काईवाक अर्थात् सिसामा टेकेर हिँड्ने ठाउँ मात्र नभई बन्जीजम्प, स्विमिङ पुललगायतका सेवाहरू हुनेछन् । सञ्चालक रोक्काका अनुसार एक्टीभिटी अनुसार टिकमा शुल्क पनि फरक/फरक तोकिने छ । स्काईवाकमा चढ्नको लागि टिकट प्रतिव्यक्ति ५०० रुपैयाँ तोक्ने सोच बनेको तर अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए । ‘अहिले हामीले अनुमानित टावर चढ्दाको शुल्क मात्र निर्धारण गरेका छौं, यसको फाइनल डिसिजन हुन बाँकी छ, यो स्काईवाक सञ्चालनमा आएपछि भेडेटारको पर्यटन प्रवद्र्धन साथै विकासमा मदत पुग्ने विश्वास लिएका छौं,’ उनले भने ।

Skip This
Skip This
Logo