भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२४’ हुँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा

भृकुटीमण्डपमा ‘चेम्बर एक्स्पो २०२४’ हुँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भृकुटीमण्डपमा सातौं चरणको ‘चेम्बर एक्स्पो २०२४’ आयोजना गर्ने भएको छ । आइतबार चेम्बरले एक कार्यक्रमको आयोजना गर्दै उक्त एक्स्पो फागुन २४ देखि २८ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो ।

उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यसहित उक्त एक्स्पो सञ्चालन हुन लागेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । उनले देशको अर्थतन्त्र चलायमान साथै स्वदेशी बस्तु प्रवर्द्धन गर्नमा एक्स्पोले मद्दत पुर्याउने पनि बताए ।

‘एक्स्पोमा स्वदेशी तथा विदेशी विभिन्न कृषि, जडीबुटी लगायतका स्टलहरू हुनेछन्, एक्स्पोले देशमा उत्पादन भएको बस्तुलाई निर्यात साथै प्रवर्द्धन गर्नमा मद्दत पूर्याउने छ, आर्थिक गतिविधिलाई पनि एक्स्पोले चलायमान बनाउने विश्वास लिएका छौं,’ उनले भने ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रूपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको जनाएको छ ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न एक्स्पोले सहयोग पूर्याउने पनि मल्लले बताए ।

इण्डियन चेम्बर अफ कमर्सको अगुवाइमा भारत आयुष एक्जविशन कन्फरेन्स समेत सञ्चालन हुने बताइएको छ । यस्तै, नेपालमा रहेको रूसी दूतावासको वाणिज्य शाखा र मलेसियन दूतावासको वाणिज्य शाखाको पनि एक्सपोमा सहभागिता रहनेछ ।

चेम्बरका अनुसार एक्स्पोमा बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले सहभागिता जनाउने छन् । प्रदर्शनीमा हस्तकलाका बस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू रहने छन् ।

एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo