विश्व बजारमा ११ वर्षदेखि एलजीको ओएलईडी टीभीको प्रभुत्व कायम

विश्व बजारमा ११ वर्षदेखि एलजीको ओएलईडी टीभीको प्रभुत्व कायम

केन्द्रबिन्दु
14
Shares

सधैं बदलिरहने घरेलु मनोरञ्जनको दुनियाँमा एलजी विश्व टीभी बजारमा आफ्नो अविश्वसनीय योगदान गरी निरपेक्ष लिडर बनेको छ । एलजीले ११ वर्षसम्म अविरल ओएलईडी टीभी बजारको लिडर बनेर कम्पनीले नवीनता र उत्कृष्टतामा प्रतिबद्ध रही आफूलाई अरुभन्दा अलग प्रमाणित गरेको हो ।

बजार अनुसन्धान कम्पनी ओएमडीआईएका अनुसार एलजीले गत वर्ष विश्व ‌ओएलईडी बजारमा ३० लाख ओएलईडी टीभी शिपमेन्ट गरेर शीर्ष स्थान हासिल गरेको छ ।

शिपमेन्टका आधारमा विश्व ओएलईडी टीभी बजारमा ५३ प्रतिशतको प्रभावशाली शेयर हासिल गरी एलजीले आफ्नो प्रमुख स्थानलाई कडा मेहनतद्वारा निर्विवादित रूपमा धारण गरेको एलजी ब्राण्डको नेपालको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले जनाएको छ ।

प्रिमियम अल्ट्रा-लार्ज टेलिभिजनको माग तेजीले बढ्दै गइरहेको कारण एलजीले आफ्ना ओएलईडी टेलिभिजन लाइनअपलाई व्यापक रेञ्जका वायरलेस ओएलईडी टेलिभिजन मोडेलहरूसहित विस्तार गर्दैछ, जसमा उच्च पिक्चर र अडियो क्वालिटीलाई प्रोत्साहित गर्दै उन्नत एआई प्रोसेसरहरू, अल्फा ११ एआई प्रोसेसर पनि समाविष्ट रहने सीजीले जनाएको छ ।

एलजीको नवीनतम ओएलईडी टेलिभिजनहरूले वेब ओएस स्मार्ट टेलिभिजन प्लेटफर्मसहित व्यक्तिगत गृह-मनोरञ्जन अनुभव प्रदान गर्ने दाबी गरिएको छ । ग्लोबल टीभी बजारको शिपमेन्ट पछिल्लो वर्ष कूलमा २० करोड १० लाख भन्दा बढी थियो ।
जुन पूर्व वर्षको तुलनामा थोरै कम हो । एलसीडी टीभीको शिपमेन्ट पछील्लो दुई वर्ष लगातार २० करोड युनिट भन्दा कम रहेको थियो । जबकी ओएलईडी टीभीको शिपमेन्ट एलजीसहित ५० लाख ६० हजार पुगेको कम्पनीले जनाएकाे छ ।

Logo