सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट शुक्रबार हुने

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट शुक्रबार हुने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आईपीओ शुक्रबार बाँडफाँट हुने जानकारी दिएको हो ।

ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ । आवेदकलाई न्यूनतम ५० कित्ताका दरले बिहान १० बजे आईपीओ बाँडफाँट हुने बताइएको छ ।

सर्वोत्तम सिमेन्टको आईपीओका लागि १० लाख १२ हजार ३ सय ८४ जनाको आवेदन परेको छ । क्यापिटलका अनुसार १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९ सय ९१ रुपियाँ बराबरको ५ करोड ३६ लाख ३३ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेको थियो । जुन आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको हो ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको शेसेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

उद्योगले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओ ५५ हजार ५ सय २१ जनाले पाउने छन् ।

Logo