आर्थिक एजेण्डामा एकमत हुन अध्यक्ष ढकालको आग्रह

आर्थिक एजेण्डामा एकमत हुन अध्यक्ष ढकालको आग्रह

केन्द्रबिन्दु
28
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् ।

अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औं वार्षिक साधारण सभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए । उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको उनले बताए ।

यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे । गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।

Logo