सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् आवेदन ?

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फ उक्त शेयर बिक्रीमा ल्याएको हो । 

कम्पनीले विद्यमान संस्थापक सेयर धनीहरूले मात्र खरिद गर्न पाउने गरी विक्रीमा राखेको यो सेयर आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिन सक्नेछन् । 

कम्पनीका संस्थापक सेयरधनी मधु सूदन शर्माले १४ हजार कित्ता र प्रेम राज पन्तले २८ हजार ९८२ कित्ता सेयर बिक्रीमा लागि आवेदन दिइसकेको बताइएको छ । 
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूमा यो सेयर विक्री नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Logo