७ महिनामा सरकारले गर्‍योे ६ खर्ब ८३ अर्ब खर्च

७ महिनामा सरकारले गर्‍योे ६ खर्ब ८३ अर्ब खर्च

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनामा ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ गरेको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको वर्षको तुलनामा २.९ प्रतिशत बढी खर्च गरेको छ ।

राष्ट्र बैंकका अनुसार चालु खर्च ५०९ अर्ब ४ करोड, पँुजीगत खर्च ६३ अर्ब ५८करोड र वित्तीय व्यवस्था खर्च ११४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ५६७ अर्ब ४० करोड रुपैयाँ भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १६.१ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा १०.२ प्रतिशतले बढेको छ ।

कर राजस्व ५ खर्ब १० अर्ब ५० करोड र गैर कर राजस्व ५६ अर्ब ९१ करोड परिचालन भएको पनि राष्ट्रिय बैंकले जनाएको छ । २०८० माघ मसान्तमा सरकारका विभिन्न खातामा २१५ अर्ब २६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च ५१ अर्ब ७४ करोड र स्रोत परिचालन १०१ अर्ब २९ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ७१ अर्ब ६३ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

Logo