टाटा मोटर्सले स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने

टाटा मोटर्सले स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रम आयोजना गर्ने

केन्द्रबिन्दु
28
Shares

टाटा मोटर्सले प्यासेन्जर गाडीका ग्राहकहरुका लागि स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमको आयोजना गर्ने भएकाे छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभीलगायतका गाडीहरु साट्न सकिने कम्पनीले जनाएकाे छ ।

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरु प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो । मेला यहि फागुन २५ गतेदेखी २७ गतेसम्म नेपालभरी रहेका टाटाका शोरुमहरुमा आयोजना गर्न लागिएको हो ।

स्प्रिङ्ग एक्सचेञ्ज कार्यक्रमका टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, हरेक बुकिङ्गमा आकर्षक उपहार र बम्पर उपहारमा आइफोन १५ प्राप्त गर्नेछन् ।

यस एक्सचेञ्ज कार्यक्रमको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

यस कार्यक्रमको अबसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।

Logo