नेपाली बजारमा भित्रिएकाे टेस्लाको मोडल थ्रीमा के छ खास ? [भिडियाे रिपाेर्टसहित]

नेपाली बजारमा भित्रिएकाे टेस्लाको मोडल थ्रीमा के छ खास ? [भिडियाे रिपाेर्टसहित]

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । टेस्ला गाडीको नेपालका लागि बिक्रेता कम्पनी अरेट इन्टरनेशलले टेस्लाको मोडल थ्रीको २०२४ भर्सन ल्याएको छ । विश्व बजारमा सर्वाधिक बिक्री भएको मोडल थ्री अन्तर्राष्ट्रिय बजारमा केहीसमय अगाडि मात्रै आएको गाडी सार्वजनिक भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक भएलगतै अरेट इन्टरनेशनलले मोडल थ्रीलाई नेपाली बजारमा भित्र्याएको अरेट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्रीको रिफ्रेस्ड भर्सन हो ।

फराकिलो ३६० डिग्रीको दृश्य देखिनसक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ लगायतका आधुनिक फिचरहरूको कारणले मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ । एरो डाइनामिक र वाटर सिंक प्रुफसहितको विशेषता रहेको यस कारमा सुरक्षाको दृष्टिकोणमा अन्तर्राष्ट्रिय (एनएचटीसए)बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ ।

यो ईभी गाडी रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ । कम्पनीले रङ अनुसार गाडीको मूल्य फरकफरक रहेको बताएको छ । कम्पनीले कालो, निलो, सेतो रङको कारलाई १ करोड ३५ लाख र रातो र खरानी कलरमा रहेकोलाई १ करोड ४५ लाख रुपैयाँ मूल्य ताेकेको छ ।

ड्यासबोर्डमा दिइएको १५.४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्ने कम्पनीले जनाएको छ । गियर शिफ्टिंग, इण्डिकेतर प्रयोग लगायतका फंक्सनहरुसमेत डिजिटल रुपमा उपलब्ध रहेकाले यसको इण्टेरियर अझ फराकिलो र सुन्दर छ । पछाडी बस्ने प्यासेन्जरको लागि समेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ । सबै लाइट एलइडी रहेको कारमा १९ इन्चको आकर्षक अलोय ह्वील दिइएको छ ।

Logo