नेपाल प्रज्ञा प्रतिष्ठानको ३५ औं प्रज्ञासभा सम्पन्न

नेपाल प्रज्ञा प्रतिष्ठानको ३५ औं प्रज्ञासभा सम्पन्न


काठमाडौं ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ३५ औं प्रज्ञा सभा आयोजना गरेको छ । प्रतिष्ठान स्थापनाको ६२ औं वर्ष पूरा गरी ६३ औं वर्ष प्रवेश गरेको र ३५ औं प्रज्ञासभा आज काठमाडौंमा बसेको हो ।

प्रज्ञा सभालाई सम्बोधन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अहिलेको विश्व व्यापीकरणले संस्कृति, साहित्य र इतिहासहरुमा अतिक्रमण भइरहेको बताए। विद्वान प्राज्ञहरुको मेहनेत र कोसिसले देशको इतिहास, संस्कृतिको संरक्षण गर्ने विश्वास समेत व्यक्त गए । नेपालीपन र नेपाली इतिहासको जगेर्ना गर्ने काममा प्राज्ञहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यसै क्षेत्रमा कलम चलाउन समेत आग्रह गरे।

नेपालको भाषा, साहित्य, संस्कृति, सभ्यता र भूगोल कुनै पनि समृद्ध मुलुकहरुको भन्दा कम नभएको पनि मन्त्री भट्टराईले बताए। प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव समेत आयोजना गरेको थियो ।

Logo