एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा


काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा स्थापना भएको छ । बुटवल १३ रुपन्देहीस्थित बेलबास शाखाको एनआई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उद्घाटन गरेका हुन् ।

उक्त शाखाको उद्घाटन समारोहमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्धि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्‍याई रहेको जानकारी दिए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवाप्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १४ लाख ५० हजार ग्राहक रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

Logo