महिलाको कुन कुन अंगमा पर्छ पुरुषको कर्के नजर ?

महिलाको कुन कुन अंगमा पर्छ पुरुषको कर्के नजर ?


पुरुषहरुको नजर ‘तिखो’ र ‘कर्के’ खालको हुन्छ भने महिलाको नजर ‘नहेरे झैँ’ र ‘साइम्बोलिक’ हुन्छ। आज हामी पुरुषले महिलालाई हेर्ने नजरको बारेमा कुरा गर्दैछौ ।

जब एक पुरुषको एक महिलासंग जम्काभेट हुन्छ उसको पहिलो नजर महिलाको कुन अंगमा पर्ला ? धेरै महिलाको अनुमान फेल खान सक्छ। पुरुषको पहिलो नजर महिलाको छात्ती पर्छ भन्ने  धेरै महिलालाई लाग्दो हो।  तर, होइन। पछिल्लो एक सर्वेक्षणले देखाए अनुसार पुरुषको पहिलो नजर महिलाको आँखामा पर्छ ।

अन्तराष्ट्रिय स्तरमा गरिएको एक सर्वेक्षणको अनुसार आँखापछि पुरुषहरुको नजर उनको मुस्कानमा केन्द्रित हुन्छ । त्यसपछि मात्रै पुरुषको नजर अन्त मोडिन्छ । सर्वेक्षणको नतिजा अनुसार ७० प्रतिशत पुरुषको पहिलो नजर आँखामा पर्छ । ७० प्रतिशत पुरुषले पहिलो भेटमा महिलाको आँखामा सबैभन्दा पहिला हेर्छन् ।

ब्रिटेनको आई ड्रप नामको संस्थाले २ हजार मानिसमा यो सर्वे गरेको थियो । जसमा १ हजार महिला र १ हजार पुरुष सामेल थिए । यिनीहरुलाई जब पहिलो पटक ‘अपोजिट सेक्स’को मानिसहरुसँग भेट हुन्छ तव कुन अंगमा पहिलो नजर जान्छ भनेर सोधिएको थियो । जसमा ७० प्रतिशतले पहिलो नजर आँखामा, दोस्रोमा मुस्कान र तेस्रोमा महिलाको छात्तीमा जाने बताए ।

सर्वेको अनुुसार पुरुषको केहि ध्यान महिलाहरुको तौल र हेयर डिजाइनमा पनि जाने पाइएको थियो । यि सबैमा नजर परिसकेपछि पुरुषहरुलाई यदि ति महिला मनपरेमा मात्र उनीहरुको नजर ड्रेस सेन्स र उचाईमा जान्छ ।

सर्वेको अनुसार पुरुषहरुले महिलाहरुको नाकलाई सबैभन्दा कम महत्व दिएको पाइयो । मतलब पुरुषहरुले महिलाको नाकलाई सबैभन्दा अन्तिममा हेर्छन् । तर महिलाहरुले पुरुषहरुको उचाईलाई पहिलो प्राथमिकता दिन्छन् । महिलाहरु पुरुषहरुको छालाको रंगमा पनि ध्यान दिँदैनन् ।

स्मरण होस् महिलाको आँखा, मुस्कान, ओठ, छात्ती, कपाल, निधार, गाला, नितम्ब, हिप, कम्मर, बोल्ने/ हिड्ने शैलीमा पुरुषहरु आकर्षित हुन्छन्।

Logo