राजपा सांसदद्वारा आज पनि संसद अवरुद्ध

राजपा सांसदद्वारा आज पनि संसद अवरुद्ध


काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले आजपनि संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेका हुन् ।

पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा बनेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनीहरुले संसद बैठक अवरुद्ध पारेका हुन् । संसदमा बोल्दै राजपा नेता लक्ष्मणलाल कर्णले भने, ‘आज बडो दुर्भाग्य भयो, हामीले संसद बैठक अवरुद्ध गर्नुपर्‍यो ।’

आयोगको प्रतिवेदन सार्वजनिक गर्न आफूले सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै सभामुख कृष्णबहादुर महराले राजपा सांसदलाई बस्नका लागि अनुरोध गर्दा पनि उनीहरुले बस्न नमानेपछि बैठक १० मिनेटका लागि स्थगन गरिएको छ ।

Skip This
Logo