दुई महिनामा भित्रियो ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल

दुई महिनामा भित्रियो ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल

केन्द्रबिन्दु
112
Shares

काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरूले विभिन्न अफरहरू सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।

साउन र भदौमा भित्रिएका मोबाइल दशैँ–तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ । गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । गत वर्षको तुलनमा यस वर्ष दशैँलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा बढी मोबाइल भित्रिएका हुन् ।

Skip This
Skip This
Logo