फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानी सुविधा

फोनपे र कर्मचारी सञ्चयकोषबीच साझेदारी, कोषका सदस्यहरूलाई डिजिटल भुक्तानी सुविधा

केन्द्रबिन्दु
42
Shares

ललितपुर । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोषबीच एपीआई आधारित होस्ट–टु–होस्ट भुक्तानीको सुविधा प्रदान गर्न सम्झौता भएको छ ।

यो इन्टेग्रेशनले कर्मचारी सञ्चय कोषको एर्प (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ ।

जसले कर्पोरेट भुक्तानीहरू जस्तैः व्यवसायदेखि ग्राहक, व्यवसायदेखि व्यवसाय र व्यवसायदेखि सरकारसम्मको भुक्तानी सरल अनि सजिलो भएको छ । साथै, यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्म मार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउने बताइएको छ ।

यस रणनीतिक साझेदारीबाट अब कर्मचारी सञ्चयकोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ, र ओम्नि च्यानल वेबसाइटहरू मार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्ने छन् । यसले होस्ट–टु–होस्ट भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरूको साथसाथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।

कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी प्रयोगकर्ताहरूका लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको भन्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौँ । हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौँ । यो साझेदारीले हाम्रो प्रतिबद्धता अनुरूप वित्तीय सेवाहरूलाई सबै नेपालीहरूका लागि थप पहुँचयोग्य र ग्राहकमैत्री बनाएको छ । हामीले यस साझेदारी मार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौँ ।’

साझेदारीपछि कर्मचारी सञ्चय कोषका कार्यबाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने, ‘फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोष अन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुचारुले हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ । यस साझेदारीले हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्‍याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्शाएको छ ।

फोनपे नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । यफवान सफ्ट समूहको सहायक कम्पनी फोनपे एक आईएसओ–आईईसी २७००१:२०२२ प्रमाणित कम्पनी हो । फोनपेले बैंक तथा वालेटका ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्रिय प्रयासहरू गर्दै आएको छ ।

Skip This
Skip This
Logo