इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ईभी स्कुटर प्रदान

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ईभी स्कुटर प्रदान

केन्द्रबिन्दु
56
Shares

काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ ।

उनीहरुलाई काठमाडौँ म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पीआर तथा कम्युनिकेसन लिड पवितनन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन् ।

योरपेस प्रशिक्षण कार्यक्रमका दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो, जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ । उनीहरूले आफ्नो प्रशिक्षण यात्राको क्रममा सामुहिक प्रशिक्षण सत्रहरूमा निरन्तर सहभागी हुँदै माइलस्टोनहरू पूरा गर्दै अन्य धावकहरूलाई समर्थन गरेर लगनशीलता प्रदर्शन गरेका थिए ।

उनीहरूको मेहनत र धैर्यले उनीहरुलाई काठमाडौँ म्याराथनका लागि तयार बनाएको छ, जहाँ उनीहरूले प्रशिक्षाणको क्रममा हासिल गरेका कौशल र सहनशीलता प्रदर्शन गर्ने छन् । विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखानीय संलग्नता जनाए बापत सम्मानित गरिएको हो । योरपेसमा सहभागिताले चालकहरूलाई काठमाडौं म्याराथनका लागि तयार पार्न मद्दत गरेको छ ।

यो सम्मानले केवल उनीहरूको व्यक्तिगत उपलब्धिहरूलाई पहिचान गर्ने मात्र नभई अरुहरुलाई पनि प्रशिक्षणमा संलग्न हुन र म्याराथनको चुनौतीलाई स्वीकार गर्न प्रेरित गर्दछ । इन्ड्राइभका एशिया प्यासेफिकका पीआर तथा कम्युनिकेसन लिड पवितनन्दा आनन्दले भनिन्, “हाम्रा लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ । योरपेस पहलहरु मार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ । यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँँमा आएर एकअर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण देखाएको छ । यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौ ।”

योरपेस प्रशिक्षणमा उत्साहजनक संलग्नता जनाएका एक जना चालकका छोराले ट्याब्लेट प्राप्त गर्न सफल भएका थिए, जसले कार्यक्रमको रौनकलाई अझै बढाएको थियो । यो कार्यक्रमले आफ्नो ड्राइभर कम्युनिटी र उनीहरुको परिवारको निम्ति सहयोगी वातावरण निर्माण गर्ने इन्ड्राइभको प्रतिबद्धतालाई थप बलियो बनाएको छ । सदैव मित्रता व्यवहार र सामुदायिक संलग्नताको प्रवर्धनमा अग्रसर रहने इन्ड्राइभको प्रतिबद्धता रहेको छ ।

Skip This
Skip This
Logo