नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ सम्पन्न, श्रीहरी प्रथम

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ सम्पन्न, श्रीहरी प्रथम

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप, २०२४ राउन्ड ३ सम्पन्न भएको छ ।

पोखरा रंगशालामा सम्पन्न च्याम्पियनसिपमा नेशनल क्याटोगरीमा श्रीहरी पौडेल प्रथम बने । उनले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरे ।

यसैगरी रितेश खत्री द्वितीय र दिलिप दनुवार तृतीय भए । नेभिसमा बिबेक पाण्डे पहिलो, दिपेश बलामी दोस्रो र रुमु ह्याङ राई तेस्रो भए । दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै, गभनर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगितामा काठमाडौंका सुरज घिमिरेले पहिलो स्थान हासिल गरे । काभ्रेका आशुतोष ध्वजु दोस्रो र भक्तपुरका दिलीप दनवार तृतीय भए । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाएका थिए ।

Logo