वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सञ्चालन

वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियल बैंकद्वारा देशभर रक्तदान कार्यक्रम सञ्चालन

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको अवसरमा देशभर ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ३९२ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरुलाई धन्यवाद दिँदै मानवजिवन रक्षाकोलागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजना गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखे ।

आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रतिबद्घता पनि व्यक्त गरे ।

Logo