नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालद्वारा राहत सामग्री वितरण

नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालद्वारा राहत सामग्री वितरण

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले राहत सामग्री वितरण गरेको छ ।

नाडाले काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा अतिरिक्त प्रहरी महानिरीक्षक किरण बज्राचार्यलाई भेट गरी वाईवाई चाउचाउ ५० कार्टुन र जुस ८० कार्टुन हस्तान्तरण गरेको हो ।

अविरल वर्षाका कारण बाढीको चपेटामा परेका पीडितका लागि भन्दै नाडाका अध्यक्ष करण चौधरीले सो राहत सामग्रीहरू हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ र प्रहरी कार्यालयका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे समेतको उपस्थिति रहेको थियो । नाडाले विगतदेखि नै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता राहत सामाग्रीहरू सम्बन्धित निकायहरू लाई वितरण गर्दै आएको छ ।

Logo