पोखरामा चांगानको दिपल ईभी सार्वजनिक, ७१ लाख ९९ हजारमा किन्न सकिने

पोखरामा चांगानको दिपल ईभी सार्वजनिक, ७१ लाख ९९ हजारमा किन्न सकिने

केन्द्रबिन्दु
42
Shares

पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले दिपल ईभीहरूलाई पोखरामा सार्वजनिक गरेको छ ।

शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा फ्युचरिस्टिक डिजाइन र कटिङ एज टेक्नोलोजीले भरिएको दिपल एस०७ र एल०७ ईभी सार्वजनिक भएको हो ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल ईभीका ब्रान्ड एम्बेसडर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन थापा तथा डाइरेक्टर सौरभ थापाले उत्तल ईभी सार्वजनिक गरेका हुन् ।

दिपल ईभी सार्वजनिक गर्दै मन्त्री थापाले पोखरामा चांगानको सफलताको कामना गर्नुका साथै चांगान र अन्य ब्रान्डहरूले बिक्री मात्र नभई बिक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

त्यसैगरी, दिपल ईभीका ब्रान्ड एम्बेसडर नेपाल क्रिकेट संघका सचिव समेत रहेका पारस खड्काले दिपल ईभी भ्यालु फर मनी भएको बताए । ‘यसमा यति धेरै फिचरहरू छन् कि जुन अझै पनि अन्य ब्रान्डका ईभीमा उपलब्ध छैन ।’ उनले भने, ‘म दिपलको पर्फमेन्सबाट पूर्ण रूपमा सन्तुष्ट छु । म पोखरालाई आफैँ आएर दिपलको प्रविधि र फिचरको फर्स्ट ह्यान्ड अनुभव गर्न आग्रह गर्न चाहन्छु ।’

चांगान पोखराकी संस्थापक मिलन थापाले दिपल ब्रान्डलाई लिएर आफू निकै उत्साहित रहेको बताइन् । ‘औपचारिक रूपमा पोखरामा सार्वजनिक हुनुभन्दा पहिले नै हामीले बजारबाट निकै राम्रो प्रतिक्रिया पाउन थालिसकेका छौँ’ उनले भनिन् ।

त्यसैगरी, चांगान नेपालका मार्केटिङ हेड रमेश दनेखूले एमएडब्लू ग्राहक सन्तुष्टिमा प्रतिबद्ध रहेको बताए । ‘चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो, जसको एकसय ६२ वर्ष लामो विरासत छ । नेपालमा यसलाई प्रतिनिधित्व गर्न पाउँदा एमएडब्लू गर्व गर्छ,’ उनले भनिन्, ‘नेपालमा सार्वजनिक भएको पाँच महिनामै पाँच सयभन्दा बढी दिपल बिक्री भएका छन् र उहाँहरू सबैजना यसको डिजाइन र टेक्नोलोजीका कारण सन्तुष्ट हुनुहुन्छ ।’

दिपलमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल, हेडरेष्ट र आउट डोर स्पिकर लगायत १५ भन्दा बढी फर्स्ट टाइम फिचरहरू छन् जसका कारण यो ईभी नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्न सफल भएको छ ।

एमएडब्लू वृद्धिले अर्को साता पोखराकै सबैभन्दा ठूलो एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्पको आयोजना गर्दै छ जहाँ ग्राहकले दिपल, सेरस र नामीले नाडा अटो शोमा जारी गरेको विशेष अफर उपयोग गर्न सक्ने छन् । जसअन्तर्गत दिपल एस ०७ बजेटअघिको मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् । साथै, नयाँ सेरेस ३ लाई ४५ लाख ४९ हजार रुपैयाँमा खरिद गर्न सक्ने छन् भने नामी ईभीमा ७ किलोवाटको चार्जर पाउने छन् ।

ग्राहकले हरेक टेस्ट ड्राइभ र पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउने छन् । यसबाहेक ‘अनस्पट फाइनान्सिङ’ र ‘अनस्पट डेलिभरी’ पनि लिन सकिने बताइएको छ ।

Logo