गोगंबु बसपार्कमा टाटाका बसहरूको निःशुल्क चेकअप क्याम्प

गोगंबु बसपार्कमा टाटाका बसहरूको निःशुल्क चेकअप क्याम्प

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालिले सम्पूर्ण टाटा बसहरूका लागि गोगंबु बसपार्कमा निःशुल्क चेकअप क्याम्प सञ्चालन गरेको छ ।

सुरक्षित यात्राको कामनासहित चाडपर्वका वेला ढुक्कसँग यातायात व्यवसायीहरूले आफ्नो व्यवसाय सञ्चालन गर्न सहयोग मिलोस् भन्ने उद्देश्यले यो क्याम्प सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

सिप्रदीले गोगंबु बसपार्कबाट छुट्ने सम्पूर्ण टाटा बसहरूको बम्पर टु बम्पर चेकअप गरेर गाडीको अवस्थाको जानकारी प्रदान गरी सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था गरेको छ ।

भीडभाडको वेला राजमार्गमा अचानक आइपर्न सक्ने समस्याहरूको समाधानका लागि पनि चौबीसै घण्टा र सातै दिन सिप्रदीको टोल फ्री सेवा मार्फत हाइवे ब्रेक डाउन एसिस्टेन्स सेवा उपलब्ध हुने बताइएको छ । कम्पनीले यो समयमा सम्पूर्ण सर्भिस सेन्टरहरू पनि खुला राखी सर्भिस तथा मर्मत सम्भारसम्बन्धी पूर्ण सेवा उपलब्ध गराउने व्यवस्था गरेको बताएको छ ।

असोज २२ गतेसम्मका लागि सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा टाटा कमर्सियल गाडीहरूका लागि शुभकामना सर्भिस क्याम्पको आयोजना पनि गरिएको छ । त्यस अवधिमा टाटा जेन्युइन पार्ट्स, लुब्रिकेन्ट्स तथा लेवर चार्जहरूमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट सुविधा प्राप्त गर्ने अवसर सिप्रदीले प्रदान गरेको छ । यस अवधिमा देशभरबाट ५ हजारभन्दा बढी गाडीहरूको चेकअप गर्ने कम्पनीको लक्ष्य छ ।

Logo