नासा नेपालको दशौं वार्षिक साधारण सभा सम्पन्न, विशिष्ट योगदान दिनेलाई अवार्ड प्रदान

नासा नेपालको दशौं वार्षिक साधारण सभा सम्पन्न, विशिष्ट योगदान दिनेलाई अवार्ड प्रदान

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाल अटोमोवाइल्स एशोसिएशन (नासा नेपाल)को दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा शनिबार ललितपुरमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

सभामा केन्द्रीय संघ, प्रदेश संघ, कमिसन तथा क्लव समेतका गरी ४४ जनाको सहभागिता रहेकाे थियाे ।

सभाले गत बर्षको प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, अगामी कार्य योजना तथा समसामायिक प्रस्ताव गरी चार वटा प्रतिवदेन पारित गरेकाे छ । त्यसैगरी आगामी वर्षको लागि अडिटर नियुक्ति, कार्यसमिति तथा कमिसनमा केही जिम्मेवारी हेरफेर, विशेष कार्यक्रमको घोषणासमेत गरेको छ ।

सभामा कार्यकारी निर्देशक गोविन्द भट्टराई, उपाध्यक्ष अनिल कुमार वराल, सचिव महेश अधिकारी, कोषाध्यक्ष धान्यमणि नेपाल र इन्जिनियर गणशेखर श्रेष्ठले विभिन्न प्रस्ताव तथा प्रस्तुति गरेका थिए । साे अवसरमा संघमा आवद्ध प्रदेश संघ, क्लव तथा एशाेसिएट मध्येबाट गत आ.व.मा सर्वाधिक सक्रिय वागमती अटोमोबाइल एशाेसिएशन (प्रदेश संघ वागमती) लाई एक्टिभ अवार्ड प्रदान गरिएकाे थियाे । प्रदेश संघ वागमतीका अध्यक्ष राजन पियाले सो अवार्ड ग्रहण गरेका थिए ।

यसैगरी विशिष्ट योगदान दिएवापत प्रशंसापत्र प्रदान गर्ने निर्णय पनि भएकाे छ । हिमालयन मोटरल्याण्डको स्थानान्तरण, गौरिटारको प्रस्तावित रेसिङ सर्किट र ई–स्पोर्ट्स, तथा पावर बोटिङमा जोड दिने जस्ता निर्णयसमेत भएको छ ।

Logo