गोंगबुमा ग्यास सिलिन्डर विस्फोट, पाँच जनाको अबस्था गम्भीर

गोंगबुमा ग्यास सिलिन्डर विस्फोट, पाँच जनाको अबस्था गम्भीर


काठमाडौँको गोंगबुमा ग्यास सिलिन्डर विस्फोट भएको छ ।  विस्फोटमा परि  पाँच जना गम्भीर घाइते भएका छन्।

दीपज्योतिस्थित पिस नेपाल सिसा फ्याक्ट्रीमा विस्फोट भएको हो। घाइते हुनेहरूमा काजी तामाङ, राजु बिसी, कैलाश श्रेष्ठ, अनिल पोखरेल र रेशम तामाङ रहेका छन्।  घाइतेहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज र धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक मोहनविक्रम केसीले थप अनुसन्धान भैरहेको जानकारी दिए।

Logo