वाइडबडीबारे लेखा समितिले निर्णय लिन सकेन, प्रतिवेदन परिमार्जन हुने

वाइडबडीबारे लेखा समितिले निर्णय लिन सकेन, प्रतिवेदन परिमार्जन हुने


काठमाडौं । वाइडबडी विमानबारे संसदको सार्वजनिक लेखा समितिले कुनै पनि निर्णय लिन सकेन । शुक्रबार बसेको बैठकमा उपसमितिले तयार पारेको प्रतिवेदनमा सत्तारुढ नेकपा सांसदहरुले आपत्ति जनाएपछि समितिले कुनै निर्णय लिन नसकेको हो । आजको बैठकमा सत्तारुढ दलका सांसदहरुले उपसमितिले दिएको प्रतिवेदन परिमार्जन गर्न माग गरेपछि परिमार्जन हुने भएको छ ।

प्रतिवेदन परिमार्जनका लागि सचिवालयलाई जिम्मेवारी दिइएको छ। परिमार्जनसहित सोमबार बस्ने बैठकमा स्वीकृत गर्ने गरी समितिले निर्णय गरेको छ ।

समिति सभापति भरतकुमार शाहले प्रतिवेदनका मुख्य कुरा नभई केही भाषीक सुधारमात्र गरिने बताए । केही भाषीक कुरा मात्रै परिमार्जन हुने गर्न सकिने सभापति शाहको भनाई छ ।

यसअघि राजन केसी नेतृत्वको उपसमितिले दुइटा वाइड बडी खरिदमा ४ अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन बुधबार सार्वजनिक गरेको थियो।

प्रतिवेदनमा वहालवाला मन्त्री रबिन्द्र अधिकारीसहित २ पूर्व मन्त्री र ३ सचिवलाई दोषी ठहर्‍याईएको थियो । आजको बैठकमा सत्तारुढ दलका सांसदहरुले मन्त्री अधिकारी र गृह सचिव प्रेम कुमार राईको बचाउँ गरेका थिए । उनीहरुले प्रतिवेदन राजनीतिक पूर्वाग्रही रहेको बताएका थिए ।

लेखा समिति बैठक: मन्त्री अधिकारी र गृहसचिवको बचाउँमा नेकपा सांसद

Logo