क्यान्सरविरुद्ध मनिषा कोइराला कसरी गर्दैछिन् संघर्ष (भिडियोसहित)

क्यान्सरविरुद्ध मनिषा कोइराला कसरी गर्दैछिन् संघर्ष (भिडियोसहित)


काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाको आत्मवृत्तान्त ‘हिल्ड’ यही पुस महिनामा बजारमा आउने भएको छ । बलिउड अभिनेत्री कोइरालाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो आत्मवृत्तान्त ‘हिल्ड’ यही पुसमा बजारमा आउन लागेको जानकारी दिईन् ।

क्यान्सर विरुद्धको लडाईबारे समावेश गरिएको सो पुस्तक सबैका लागि उपयोगी हुने विश्वासका साथ आफूले सो पुस्तक लेख्नु परेको अभिनेत्री कोइरालाको भनाई छ । पुस्तकमा क्यान्सर रोग निदानका लागि आफूले कसरी शारिरीक, मानसिक तथा संवेगात्मक लडाई लड्नु प¥यो भन्ने कुरा समेटिएको अभिनेत्री कोइरालाको भनाई छ ।

यही पुसमा आयोजना हुने लिटिरेचन फेष्टिबलमा अभिनेत्री कोइरालाको सो पुस्तक विमोचन गर्ने कार्यक्रम तय गरिएको छ । नेपालका लागि सो पुस्तक फाईन प्रिन्टले बजारमा ल्याउन लागेको हो ।

भारतमा यो पुस्तक पेन्गुईन इन्डियाले प्रकाशन गरेको छ । अभिनेत्री कोइरालाले भारतीय लेखक निलम कुमारसँगको सहकार्यमा यो पुस्तक तयार पारेकी हुन् ।

Logo