बैवाहिक जीवनलाई कसिलो बनाउने ५ टिप्स

बैवाहिक जीवनलाई कसिलो बनाउने ५ टिप्स


बैवाहिक सम्वन्ध गाँस्न जति गाह्रो हुन्छ, गाँसिएको सम्बन्धलाई कसिलो बनाई राख्न त्यो भन्दा कयौ गुणा कठिन हुन्छ ।

बैवाहिक जीवनमा खुशी तब मात्र मिल्छ जब श्रीमान र श्रीमतीबीच राम्रो सम्बन्ध कायम हुन्छ । भनिन्छ, श्रीमान श्रीमतीको जोडी भगवानले नै बनाएर पठाएको हुन्छ । दामपत्य सम्बन्ध भनेको तपाईको व्यवहार, समझदारी र पार्टनरलाई बुभ्mने क्षमतामा निर्भर रहन्छ ।

बैबाहिक सम्बन्धमा खटपट स्वभाविक हो । सामान्य मतभेदमै सम्बन्ध तोड्नु समस्याको समाधान पक्कै होईन । यदि कसैले सामान्य मनमुतावबाट मुक्ति पाउने आशले सम्बन्ध नै तोड्छ भने त्यो तपाईको जीवनकै सबैभन्दा भूल हुन सक्छ । सम्बन्ध तोडेर समस्याको समाधान हुदैन बरु सम्बन्ध सुधारेर टिकाउन सके त्यो सम्बन्ध थप मजबुद बन्न सक्छ । त्यसका लागि तपाईले केही ट्रिक्सहरु अपनाउनुपर्ने हुन्छ ।

१. पार्टनरलाई समय

एक अर्कासँग धेरै भन्दा धेरै समय विताउनुपर्छ । यसो गर्दा दुइबीचको मनमुटाव कम हुनुको साथै एक अर्कालाई बुझने समय मिल्छ । धेरै समय दिँदा एक अर्काको ख्याल राख्ने मौका पनि मिल्छ । जसकारण दुई जनाबीचको सम्बन्ध पनि बलियो हुन्छ ।

कहिलेकाँही तास खेल्ने, बाहिर घुम्न जाने, सँगै खाना बनाउने, एक अर्कालाई सहयोग गर्ने गर्दा श्रीमान श्रीमतीको सम्बन्ध बलियो हुन्छ । आफ्नो पार्टनरलाई ठेस पुग्ने काम नगर्दा नै राम्रो हुन्छ ।

२. ‘स्पेस’ दिने

कहिलेकाँही कुनै परिस्थिती यस्तो भइदिन्छ । त्यो समयमा केवल आफुले मात्र बुझन सकिन्छ र एक्लै बस्न मन लाग्छ । त्यस्तो परिस्थितीमा पार्टनरलाई समय दिनुपर्छ । उनलाई उनको जीवन जिउन दिनुपर्छ । एक अर्काको जीवनमा धेरै दख्खल दिँदा दुइ जना बीचको सम्बन्ध बोझ बन्न थाल्छ ।

यदि पार्टनर आफ्नो साथीहरुसँग ‘ह्याङआउट’ गर्न चाहन्छ भने कचकच गरि रहनु उपयुक्त हुन्न । साथीहरुसँग समय विताउँदा सबैलाई फ्रेस अनुभव हुन्छ । श्रीमान श्रीमतीबीच प्रेम छ भन्दैमा उनीहरुको लागि साथी चाहिँदैन भन्ने हुँदैन् । त्यसैले सम्बन्धमा ‘स्पेस’ दिनु धेरै आवश्यक हुन्छ ।

३. भरोसा गर्ने

एक अर्काको सम्बन्धमा प्रेम जत्ति जरुरी हुन्छ त्यती नै भरोसा पनि हुनु आवश्यक हुन्छ । यदि सम्बन्धमा शंका भन्ने शब्दले डेरा जमाउँछ तव दुईबीचको सम्बन्ध चिसिन्छ । एकअर्काबीच प्रेम कम भए पनि सम्बन्ध निभाउन सकिन्छ तर भरोसा नै रहेन भने सम्बन्ध टुट्न केही समय पनि लाग्दैन् । खासगरी ‘लंग डिस्टेन्स रिलेसनसिप’मा भरोसा हुनु अत्यावश्यक हुन्छ । नत्र सम्बन्ध विग्रन्छ ।

४. लगावको जरुरी

तपाई आफ्नो पार्टनरलाई धेरै माया गर्नुहुन्छ । तर त्यो कुरा तपाईको पार्टनरलाई थाहा नहुन सक्छ । त्यसैले बेला बेलामा उसलाई भन्ने गर्नुपर्छ । भनिन्छ, प्रेमको कुनै भाषा हुँदैन् । तैपनि कहिलेकाँही शब्दमा पनि बयान गर्नु जरुरी हुन्छ । त्यसैले उप्रति लगाव बढाउनुहोस् । सेक्स र लगाव दुई अलग अलग कुरा हुन् । बेडरुमको बाहिर पनि आफ्नो पार्टनरप्रति प्रेम दर्शाउनु जरुरी हुन्छ ।

५. एक अर्काको कुरा सुन्ने

जुनसुकै विषयमा पनि बहस गर्नुको सट्टा एक अर्काको कुरा ध्यान दिएर सुन्ने र बुझ्ने कोसिस गर्नुपर्छ । बहस गर्दा कुनै हल निस्कदैन र बिनाकारण झगडा गरेर कुरा झन बिग्रन्छ । त्यसैले एक अर्काको कुरा बुझेर सल्लाह गर्ने गर्नुपर्छ ।

यदि तपाई सहि हुनुहुन्छ भने अवस्य पनि तपाईको पार्टनरले बुभ्mछन् । यसो गर्दा दुईबीचको सम्बन्ध प्रगाढ हुनुको साथै एक अर्कालाई बुझ्ने मौका पनि मिल्छ ।

Logo