काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुको एक समूहले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् । "/>

केन्द्रीय कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई ज्ञापनपत्र

केन्द्रीय कमिटी बैठक माग गर्दै ओली र प्रचण्डलाई ज्ञापनपत्र


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन माग गर्दै केन्द्रीय सदस्यहरुको एक समूहले बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।

संसदीय दलको कार्यालय, सिंहदरबारमा केन्द्रीय सदस्यहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडा सहित दुई दर्जन केन्द्रीय सदस्यहरुको समूहले बैठक माग गर्दै महासचिव विष्णु पौडेल मार्फत अध्यक्षद्वयलाई ज्ञापनपत्र बुझाएका हुन् । नेकपाको सचिवालय बैठक बिहीबार (आज) बस्दैछ । सचिवालय बैठकको संघारमा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय सदस्यहरुको एउटा समूहले ज्ञापनपत्र बुझाएको हो ।

केन्द्रीय सदस्य खतिवडाले कम्युनिस्ट पार्टीमा विधि, प्रक्रिया समाप्त हुँदै गएकाले केन्द्रीय कमिटी बैठक तत्काल बोलाउन, केन्द्रीय सचिवालयका अधिकार कटौति गरेर स्थायी समितिलाई वलियो बनाउन, पोलिटब्यूरो गठनपछि मात्र केन्द्रीय सदस्यहरुको कार्यविभाजनको माग गर्दै ज्ञापनपत्र बुझाइएको बताए । ‘महासचिवज्यूले सार्बभौम केन्द्रीय सदस्यहरुले बुझाइएको ज्ञापनपत्रबारे अध्यक्षलाई जस्ताको तस्तै जानकारी गराएर सचिवालय बैठकमा पनि प्रस्तुत हुने जानकारी गराउनु भएको छ’, खतिवडाले भने ।

ज्ञापनपत्रमा सरकार र पार्टी सञ्चालन प्रक्रिया वैज्ञानिक, पारदर्शी र समन्वयका आधारमा नभएको आरोप लगाइएको छ । त्यस्तै सचिवालयका नाममा भइरहेको एकलौटी निर्णयसँगै पार्टी एकता प्रक्रियामा विलम्ब, जिम्मेवारी बाँडफाँडमा मनोमालिन्य, योग्यताका आधारमा भूमिका र जिम्मेवारी वितरणमा न्याय नभएको केन्द्रीय सदस्यहरुको गुनासो छ ।

त्यस्तै सरकार सुदृढ र लोकप्रिय बन्न नसकेको उल्लेख गर्दै नेताहरुले नेता र कार्यकर्ताबीच प्रगाढ सम्बन्ध नभएको बताएका छन् । यसैगरि सरकारको विभिन्न कमिटीमा समीक्षा जरुरी भएको पनि उल्लेख गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘पार्टी भित्र उत्पन्न विवाद जरैसम्म पुगेर समाधान गरिनु पर्नेमा उपल्लो तहका नेताहरुले ‘लेनदेन’ मा मिलाइरहेको महसुस जनतालाई समेत हुन थालेको छ ।’
नयाँ पत्रिकाबाट

Logo