काठमाडौं

सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको बढ्यै छ भने २० हजार ४ सय २९ थान मुद्दा माथि अझै फैसला हुन सकेको छैन । "/>

करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी : सर्वोच्चमा मुद्दाको चाप वढ्यो

करिब २१ हजार मुद्दा फछ्र्यौट हुन बाँकी : सर्वोच्चमा मुद्दाको चाप वढ्यो


काठमाडौं

सर्वोच्च अदालतमा मुद्दाको चाप बढेको बढ्यै छ भने २० हजार ४ सय २९ थान मुद्दा माथि अझै फैसला हुन सकेको छैन ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले दिनुभएको जानकारी अनुसार गत आर्थिक वर्षका १९ हजार ६ सय २९ थान मुद्दाको जिम्मेबारी यसपालि पनि सरेर आएकोे छ । यस आर्थिक बर्षको सुरुदेखि कार्तिक तेस्रो सातासम्म ४ हजार ४ सय ७४ थान मुद्दा दर्ता भएको छ । यसमध्ये ३ हजार ६ सय १४ थान मुद्दा फछ्र्यौट भएको सर्वोच्चले जनाएको छ ।

प्रवक्ता पोखरेलले गत आर्थिक वर्षबाट सरेका र यस आर्थिक वर्षको कार्तिक मसान्तसम्म गरी कुल २४ हजार १ सय तीन थान मुद्दा दर्ता भएको जानकारी दिनुभयो । यसमध्ये ३ हजार ६ सय १४ थान मुद्दा (१४ दशमलव ९९) फछ्र्योट भएको छ ।

०७३/७४ मा सबै तहका अदालतमा जम्मा मुद्दाको लगत २ लाख ५४ हजार ५ सय २९ थान रहेकोमा १ लाख ५७ हजार ४ सय ९५ थान मुद्दाहरु वार्षिक रुपमा फछ्र्यौट भएको थियो । पुराना बक्र्यौता मुद्दाको लगत क्रमशः घट्दै गएको सर्वोच्चले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Logo