तस्बिरः नवनियुक्त मन्त्रीलाई कार्यालयमा स्वागत गर्दै सोडारी

कैलाली । प्रदेश सरकार र पार्टी दुवैतिर कारवाहीमा परेका दीर्घराज सोडारीले पार्टी निर्णय मान्ने बताएका छन् । "/>

‘पार्टीको निर्णयमा कुनै प्रतिक्रिया छैन्’- सोडारी

‘पार्टीको निर्णयमा कुनै प्रतिक्रिया छैन्’- सोडारी


तस्बिरः नवनियुक्त मन्त्रीलाई कार्यालयमा स्वागत गर्दै सोडारी

कैलाली । प्रदेश सरकार र पार्टी दुवैतिर कारवाहीमा परेका दीर्घराज सोडारीले पार्टी निर्णय मान्ने बताएका छन् । आचरण विपरित कार्य गरेको भन्दै पार्टी र मन्त्रीबाट हटाईएका कैलाली जिल्ला अध्यक्ष समेत रहेका सोडारीले पार्टीले गरेको निर्णय मान्ने प्रतिक्रिया दिएका हुन् । आफूलाई अध्यक्ष तथा प्रधानमन्त्री ओलीकै निर्देशनमा कारवाही गरिएको भन्दै पार्टीले गरेको निर्णय मान्य हुने बताएका हुन् ।

सोडारीले भने, ‘प्रदेश इञ्चार्ज भीम रावलले मलाई ममाथि लागेका अभियोगबारे जानकारी गराएर कारवाही गर्ने निर्णय सुनाउनुभयो । म ती आरोपबारे अहिले कुनै प्रतिवाद गर्न चाहान्न । पार्टीले जे निर्णय गरेको छ, त्यसलाई सम्मान गर्छु । मेरो साधारण सदस्यता खोसिएको होइन, जिम्मेवारीबाट मात्रै हटाइएको हो।’  उनले भने, ‘मलाई नेकपाको पार्टी सदस्यबाट हटाएको छैन । गुटबन्दीको शिकार भए ।’

सोडारीले आफू अध्यक्ष भएका बेला पहिलोपटक पार्टीले कैलाली जिल्लामा एकल बिजय हासिल गरेको दाबी गरेका छन् । उनले प्रदेश सरकारले ल्याएका लोकप्रिय कार्यक्रममा पनि आफ्नो योगदान रहेको भन्दै आफू परिबन्दमा परेको बताए ।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री रहेका सोडारीलाई नेकपा पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री रहेका सोडारीलाई नेकपा पार्टीले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासित गरिएको थियो ।

 

 

Logo