काठमाडौं

नेपालका सहरहरु मध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ । विभाजन पदार्थ अर्थात पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ । "/>

काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित शहर

काठमाडौं उपत्यका सबैभन्दा बढी प्रदूषित शहर


काठमाडौं

नेपालका सहरहरु मध्ये सबैभन्दा बढी प्रदुषित सहर काठमाडौं रहेको पाइएको छ । विभाजन पदार्थ अर्थात पार्टिकुलर म्याटर (पीएम) २ दशमलव ५ का अनुसार काठमाडौंपछि नेपालगन्ज र दाङमा बढी प्रदूषित बनेको छ ।

पीएम २ दशमलव ५ अनुसार काठमाडौंमा सोमबार ७६ दशमलव ५ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको वातावरण विभागको प्रदूषण अनुगमन तथा नियन्त्रण शाखाले जनाएको छ । शाखाकी वातावरण निरीक्षक सुनिता खनालका अनुसार काठमाडौंको रत्नपार्कमा सोमबार बिहान ४२ दशमलव ४ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ । साँझ ६ बजे प्रदूषणको मात्रा बढेर ९३ दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेको पाइएको छ ।

यसैगरी आइतबार काठमाडौंको औषत प्रदूषण ८८ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर रहेकोे थियो । शनिबार ७३ दशमलव ८ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेकोमा शुक्रबार ६७ दशमलव १ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण मापन गरिएको थियो ।

प्रदूषणको दोस्रो स्थानमा रहेको नेपालगन्जमा सोमबार २४ घण्टाको पीएम २ दशमलव ५ को औसत प्रदूषणको मात्रा ७५ दशमलव ३३ माइक्रोग्राम प्रतिक्युबिक मिटर पुगेको पाइएको छ । यसैगरी सोमबार मुलुकभरको प्रदूषणको तेस्रो स्थानमा रहेको दाङमा पीएम २ दशमलव ५ को औसत प्रदूषण मात्रा ५० दशमलव ३ माइक्रोग्राम प्रतिक्युबिक मिटर प्रदूषण रहेको पाइएको छ ।
राजधानीबाट

 

Logo