काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान अस्पताल भर्ना भएका छन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । "/>

प्रधानमन्त्री ओली अस्पताल भर्ना, ओलीलाई भेट्न प्रचण्ड अस्पताल पुगे

प्रधानमन्त्री ओली अस्पताल भर्ना, ओलीलाई भेट्न प्रचण्ड अस्पताल पुगे


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहान अस्पताल भर्ना भएका छन् । एक्कासी छातिमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार चिसाेका कारण छातिमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे । अस्पताल स्राेतका अनुसार प्रधानमन्त्री अाेलीलार्इ शनिबार राति पनि साेही समस्याका कारण अस्पताल भर्ना गरिएकाे थियाे।

उनलाई बिहान सवा ४ बजे तिर महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएकाे छ । प्रधानमन्त्रीको निजी सचिवालयले भने औपचारिक रुपमा जानकारी गराएको छैन । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री तीन दिनदेखि आराम गरिरहेका थिए ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री अाेलीलार्इ भेट्न बिहानै अस्पताल पुगेका छन् । यस्तै विभिन्न नेता तथा कार्यकर्ताकाे अस्पताल परिसरमा बाक्लाे उपस्थिति छ ।

Logo