काठमाडौं

नेपाल स्रष्टा समाजले कवि एवं चलचित्रकर्मी स्व.गगन विरहीको सम्झनामा शनिबार स्मृतिसभा तथा कृति परिचर्चा कार्यक्रमको आयोजना गर्यो । "/>

स्वर्गिय कवि गगन विरहीलाई समकक्षीहरुले यसरी सम्झिए

स्वर्गिय कवि गगन विरहीलाई समकक्षीहरुले यसरी सम्झिए


काठमाडौं

नेपाल स्रष्टा समाजले कवि एवं चलचित्रकर्मी स्व.गगन विरहीको सम्झनामा शनिबार स्मृतिसभा तथा कृति परिचर्चा कार्यक्रमको आयोजना गर्यो । नयाँ कार्यसमिति बनेपछि नेपाल स्रष्टा समाजको यो पहिलो साहित्यिक कार्यक्रम भएको समाजका अध्यक्ष विधान आचार्यले जानकारी दिए ।

आचार्यले गगन विरहीका साहित्यिक मित्रहरू जयदेव भट्टराई, पवन आलोक, श्रवण मुकारुङ, उषा शेरचन र किशोर पहाडीलाई मञ्चमा एकै साथ राखेर विरहीको सम्झनामा प्रश्न, उत्तरको कार्यक्रम चलाए भने त्यसपछि दिव्य गिरी, डा विष्णु विभु घिमिरे, अशेष मल्ललाई विरहीबारे बोल्न लगाइएको थियो ।

परिवारका सदस्यहरू गगन विरहीकी छोरी एलिना श्रेष्ठ, साहिंला काका उद्धवलाल श्रेष्ठ, कान्छा काका वासुदेव श्रेष्ठ र डी.पी. परिश्रमीलाई मन्चमा राखी बोल्न लगाइएपछि वातावरण निकै करुण बन्यो । मञ्चमा रहेकाका साथै दर्शकदीर्घामा उपस्थित विरहीका आमा, श्रीमती, बहिनी लगायत सबैले आँसु पुछ्न थाले । अश्रुपूर्ण क्षणपछि समीक्षकद्वय नवराज तिमिल्सिना र रञ्जना निरौलाले विरहीको नयाँ कृति हस्ताक्षरको समीक्षा प्रस्तुत गरेका थिए ।

कवि शैलेन्द्र साकारलाई कार्यक्रम सञ्चालक विधान आचार्यले काव्यकृति हस्ताक्षर बारे बोल्न निम्त्याए तापनि साकारले कृति बारे नबोली कवि गगन विरहीसँग अमेरिकामा भएका अन्तरंग क्षणहरूको सम्झना गरे । कवि एवं संस्कृतिविद तुलसी दिवसले कबि गगन आफ्ना भावना र अनुभूतिलाई कवितामा इमान्दारिताका साथ अभिब्यक्त गर्ने एक सशक्त कवि भएको विचार व्यक्त गर्दै नेपाल स्रष्टा समाजले दिवंगत स्रष्टा बारे यस किसिमको महत्वपूर्ण कार्यक्रम आयोजना गरेर स्रष्टालाई अझ समाजका सामु प्रस्तुत गर्ने कार्य सह्राहनीय भएको उल्लेख गरेका थिए ।

स्रष्टाका समकालीन सहयात्रीहरुका साथै परिवारजनहरूको पनि धारणालाई समेटेर एउटा स्मृति ग्रन्थ प्रकाशन गर्न सकेको खण्डमा त्यो अझ जीवन्त हुने कुरा ब्यक्त गर्दै यदि त्यस्तो किसिमको कार्य गरेमा आफूले पनि कवि गगनका बारेमा लेख्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा गीतकार गगन विरहीद्वारा रचित गीत, आंधीसंग खेल्नु पर्छ, हुरीसंग खेल्नु पर्छ, संघर्षको भूमरीलाई जिन्दगीले झेल्नु पर्छ… पनि गुञ्जायमान गरिएको थियो भने स्रष्टा समाजका उपाध्यक्ष डा. गोविन्दमान सिंह कार्कीले सबैलाई धन्यवाद दिएका थिए ।

Logo