काठमाडौं । सिंगापुरमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाललाई टेलिफोन गरेका छन् । पछिल्लो समय नेकपाभित्र विवाद सिर्जना गरेर चर्चामा आईरहेका नेकपा वरिष्ट नेता नेपाललाई टेलिफोन गरेर सम्झाउने प्रयास गरेका हुन् । "/>

सिंगापुरबाटै माधव नेपाललाई प्रचण्डको टेलिफोन, सम्झाउने प्रयास

सिंगापुरबाटै माधव नेपाललाई प्रचण्डको टेलिफोन, सम्झाउने प्रयास


काठमाडौं । सिंगापुरमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव कुमार नेपाललाई टेलिफोन गरेका छन् । पछिल्लो समय नेकपाभित्र विवाद सिर्जना गरेर चर्चामा आईरहेका नेकपा वरिष्ट नेता नेपाललाई टेलिफोन गरेर सम्झाउने प्रयास गरेका हुन् ।

नेकपा नेताहरुबीच आरोप प्रत्यारो चलिरहेका बेला प्रचण्डले गरेको टेलिफोनलाई निकै महत्वका साथ हेरिएको छ । संसदको बर्खे अधिवेशनको अन्तिम दिन वरिष्ठ नेता नेपालले सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै कडा मन्तव्य दिएका थिए ।

त्यसपछि सतहमा आएको नेकपाभित्रको खटपट अहिले छताछुल्ल बनेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली न्यूयोर्कस्थित राष्ट्रसंघ महासभामा सहभागी भइरहेका उत्तैबाट नेपालको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै म आउँदैछु नेपाल डुब्दैन भन्ने अभिव्यक्ति दिएका थिए ।

नेकपाका दुई गुटका नेताबीचको विवाद सतहमा पुगेपछि पत्नी सीताको उपचारका लागि सिंगापुर पुगेका प्रचण्डले नेपाललाई आइबार बिहान फोन गरेका हुन् ।

 

Logo