काठमाडौँ

यसवर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आज बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । "/>

दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखी खुल्दै

दशैंको लागि अग्रिम टिकट बुकिङ आजदेखी खुल्दै


काठमाडौँ

यसवर्षको दशैंका लागि अग्रिम टिकट बुकिङ आज बाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यसअघि ५ गतेबाट बुकिङ खुल्ला गर्ने भनिए पनि इन्धनमा भएको मूल्यवृद्धिको कारण देखाउँदै व्यवसायीहरुले रोकेका थिए । सरकारले १० प्रतिशत गाडीभाडा बढाएपछि महासंघको बैठक बसेर टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुरुप सार्वजनिक यातायातको भाडादर समायोजन भएपछि अग्रिम टिकट बुकिङ खुला गर्न निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

बढाइएको १० प्रतिशत भाडा अनुसार यातायात व्यवस्था विभागले आइतबार देशभरका विभिन्न रुटको नयाँ भाडादर सार्वजनिक गरेको थियो । विभिन्न शिलसिलामा काठमाडौ बसेकाहरु दसैंमा घर फर्किन्छन् । यस वर्ष दशैंका लागि ३० लाख बढी यात्रु काठमाडौवाट बाहिरिने अनुमान गरिएको छ ।
राजधानीबाट

Logo