काठमाडौं । सरकारले ४ सय २१ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ । संविधान दिवसको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी, राजनीतिज्ञ, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी हुन् । "/>

संविधान दिवसमा पुष्पलालदेखि सन्दीप लामिछानेसम्म विभूषित

संविधान दिवसमा पुष्पलालदेखि सन्दीप लामिछानेसम्म विभूषित


काठमाडौं । सरकारले ४ सय २१ जनालाई विभिन्न पदकबाट सम्मानित गरेको छ । संविधान दिवसको अवसर पारेर मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले समाजसेवी, राजनीतिज्ञ, कर्मचारी, साहित्यकार, कलाकार, चिकित्सक, पत्रकार, प्रशासक, खेलाडीलगायत विभिन्न पेशा तथा व्यवसाय आवद्ध व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकबाट विभूषित गरेकी हुन् ।

पदक पाउनेमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता स्व. पुष्पलाल श्रेष्ठदेखि युवा क्रिकेटर सन्दीप लामिछानेसम्म छन् । पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणीं) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ ।

यही मानपदबी संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि पाएका छन् । सुप्रसिद्ध प्रवल जनसेवाश्री पाउनेमा हालै प्रधानन्यायाधीशमा नियुक्त ओमप्रकाश मिश्र छन् । यो पदक मिश्रलाई मात्र प्रदान दिइएको छ ।

उज्ज्वल कृतिमय राष्ट्रदीप पाउनेमा इतिहासकार तथा समाजशास्त्री डा. बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङ छन् । चतु्र्थ श्रेणीबाट सबैभन्दा बढी १६२ जना विभूषित भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् । 

Logo