काठमाडौं

एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङ भिड्ने भएका छन् । "/>

एशिया कप छनोटको फाइनलमा आज युएइ र हङ्कङ भिड्दै

एशिया कप छनोटको फाइनलमा आज युएइ र हङ्कङ भिड्दै


काठमाडौं

एशिया कप छनोट क्रिकेट प्रतियोगिताको फाइनल भिडन्तमा संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङ भिड्ने भएका छन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किन्नरा ओभल क्रिकेट मैदानमा आज हुने खेलमा दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् । फाइनलमा विजयी हुने टोलीले यसै महिना युएइमा हुने एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

एशिया कपमा छनोट हुने टोलीले भारत र पाकिस्तान जस्ता टेष्ट राष्ट्रसँग खेल्ने मौका पाउनेछ । सो प्रतियोगिता भदौ २८ देखि असोज १२ गते सम्म युएइमा हुनेछ । मङ्गलबार भएको लिग चरणको अन्तिम खेलमा दुवै टोलीले जित हात पार्दै फाइनलमा प्रवेश गरेका हुन् । छनोट खेलमा युएइ आठ अङ्कका साथ पहिलो र सात अङ्क जोडेको हङ्कङ दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन् ।

यसअघिका चार खेलमा अपराजित रहे पनि अन्तिम खेलमा युएइसँग १३ रनले पराजित भएपछि ओमन प्रतियोगिताबाट बाहिरियो । ओमनको पनि ७ अङ्क नै थियो । त्यस्तै समान ७ अङ्क नै जोडेको हङ्कङ रन रेटका आधारमा फाइनलमा पुगेको हो ।

अन्तिम खेलमा हङ्कङले नेपाललाई ३ विकेटले पराजित गरेको थियो । लिग चरणको खेल समाप्तिसँगै युएइ पहिलो, हङ्कङ दोस्रो, ओमान तेस्रो र नेपाल चौथो स्थानमा रहयो । त्यस्तै १/१ खेल जितेका मलेसिया पाँचौँ तथा सिङ्गापुर छैटौँ स्थानमा रहे ।
रासस

Logo