काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिस प्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । "/>

जिल्ला नेतृत्व सिफारिसमा नेपाल समूहको असन्तुष्टि : नेकपाको जिल्ला र प्रदेश एकता

जिल्ला नेतृत्व सिफारिसमा नेपाल समूहको असन्तुष्टि : नेकपाको जिल्ला र प्रदेश एकता


काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश र जिल्ला एकता नटुंगिँदै एकीकरण कार्यदलको सिफारिस प्रति पूर्वएमालेमा असन्तुष्टि चुलिएको छ । पूर्वएमाले भित्र फरक समूहको प्रतिनिधित्व गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नेतृत्वका लागि सिफारिस नाममा पुनर्विचार नभए समानान्तर प्रदेश र जिल्ला कमिटी बनाएर अघि बढ्ने निष्कर्ष निकालेको हो । आइतबार नेपाल सहित उनी निकट केही नेताको गोप्य बैठक भएको थियो ।

एक दर्जन भन्दा बढी जिल्लाको सिफारिस पूर्वाग्रही र एकलौटी रहेको नेपाल समूहको आरोप छ । ‘एकीकरण कार्यदलले छुट्टै विधि, प्रक्रिया र मापदण्ड बनाएर जिल्ला नेतृत्वको सिफारिस गरेको देखिएन,’ नेपालनिकट नेता जगन्नाथ खतिवडाले भने, ‘नेताहरूले कार्यकर्ता तहमा गुटबन्दी नगरी जनप्रतिनिधि या अरू महत्वपूर्ण भूमिकामा रहेकालाई छाडेर वरीयता र क्षमतामा अगाडि रहेकालाई सिफारिस गरेको भए कसैले टाउको दुखाउनै पर्दैनथ्यो, तर अहिले त्यस्तो स्थिति नदेखिँदा असन्तुष्टि बढेको छ ।’

नेपाल समूहले एकीकरण कार्यदलमा रहेका अध्यक्ष केपी ओलीनिकट नेताहरूले आफ्नो गुट बलियो बनाउने गरी प्रत्येक जिल्लामा फरक–फरक मापदण्ड अपनाउँदा समस्या आएको ठहर गरेको छ । नेपाल समूहले पूर्वएमालेका ७७ जिल्ला कमिटी मध्ये अधिवेशनबाट निर्वाचित आफ्नो समूहका ४७ जना जिल्ला अध्यक्ष रहेकोमा एक दर्जन भन्दा केही बढी जनप्रतिनिधिको भूमिकामा रहेको हिसाबकिताब राखेको छ । तर अहिले एकीकरण कार्यदलहरूको सिफारिस जस्ताको तस्तै पारित हुँदा आफ्नो समूहबाट एक दर्जन अध्यक्ष र डेढ दर्जन भन्दा बढी सचिव बन्ने स्थिति नरहेको विश्लेषण गर्दै नसच्याइसम्म अन्तर्संघर्ष चर्काउनु पर्ने निष्कर्ष निकालेको छ ।
नयाँ पत्रिकाबाट

Logo