अब कसैको अनुमतिबिना अरुको चिठीपत्र, इमेल अथवा त्यस्तै कुनै प्रकारको व्यक्तिगत सन्देश हेर्न नपाइने भएको छ ।  

गृहमन्त्री राम बहादुर थापा बादलले प्रतिनिधि सभाको संसद सचिवालयमामा पेश गरेको 'वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा यी लगायतका व्यक्तिगत गोपनियताका अधिकारहरु उल्लेख गरिएको छ । "/>

अरुको चिठ्ठीपत्र र म्यासेज हेरे ३ बर्ष कैद र ३० हजार जरिवाना

अरुको चिठ्ठीपत्र र म्यासेज हेरे ३ बर्ष कैद र ३० हजार जरिवाना


अब कसैको अनुमतिबिना अरुको चिठीपत्र, इमेल अथवा त्यस्तै कुनै प्रकारको व्यक्तिगत सन्देश हेर्न नपाइने भएको छ । 

गृहमन्त्री राम बहादुर थापा बादलले प्रतिनिधि सभाको संसद सचिवालयमामा पेश गरेको ‘वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा यी लगायतका व्यक्तिगत गोपनियताका अधिकारहरु उल्लेख गरिएको छ । भदौ ४ गते पेश भएको यो बिधेयक स्वीकृत भएको खण्डमा कार्यान्वयन प्रक्रियामा लगिने छन् ।

बिधेयकको दफा १३ मा पत्राचार सम्बन्धी गोपनीयताका कुराहरु उल्लेख छन् । जस अनुसार प्रत्येक व्यक्तिलाई निजको चिठ्ठीपत्र, इमेल अथवा कुनै पनि माध्यमबाट प्रवाहित हुने संदेशको गोपनियता राख्ने अधिकार हुन्छ । ‘कसैले कुनै पनि व्यक्तिको उपदफा १ बमोजिमका चिठ्ठीपत्र, पत्राचार, इमेल ज्फ्फ़ विधुतीय माध्यमबाट प्रवाह हुने संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचार अनधिकृतरुपमा पढ्न, हेर्न अरु कसैलाई उपलब्ध गराउन, प्रकाशन गर्न, प्रसारण गर्न वा अन्य कुनै किसिमले सार्वजनिक गर्न हुदैन’ बिधेयकमा उल्लेख गरिएको छ ।

त्यसै गरि दफा दफा १४ मा चिठ्ठी पत्र खोल्न नहुने बारे उल्लेख छ । यस अनुसार सम्बन्धित व्यक्तिको मन्जुरी वा कुनै फौजदारी कसुरको अनुसन्धानको सिलसिलामा प्रचलित कानुन बमोजिम अधिकार प्राप्त अधिकारिको आदेश भएकोमा बाहेक कसैले पनि अरुको चिठीपत्र खोल्न वा खोल्न लगाउन हुदैन. त्यस्तै अरु व्यक्तिको इमेल खोल्न, हेर्न वा अरुलाई फरवार्ड गर्न पाइदैन ।

यदि कसैले यो कसुर गरेको खण्डमा ३ बर्ष कैद वा ३० हजार रुपैया जरिवाना अथवा दुवै संजाय हुन् सक्ने बिधेयकमा उल्लेख छ । तर सम्बन्धित व्यक्तिको मन्जुरीमा अथवा कसुर अनुसन्धानका सिलसिलामा भने अधिकार प्राप्त व्यक्तिले व्यक्तिको उक्त गोपनियता प्रयोग गर्न पाउने छन् ।

Logo