नेकपाका कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेल बीच भेटवार्ता

नेकपाका कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेल बीच भेटवार्ता


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल बीच भेटवार्ता भएको छ । शुक्रबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा शीर्ष दुई नेता बीच छलफल भएको हो ।

आजको भेटमा पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल भएको जनाइएको छ ।
नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष दाहाले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई दाहालले सचिवालयका बहुमत (पाँच जना) सदस्यको प्रस्ताव भन्दै आएका छन् भने ओली पक्षकाले प्रधानमन्त्री ओलीलाई निम्न स्तरको लान्छना लगाउने प्रस्ताव भन्दै आएका छन् ।

प्रचण्डको प्रस्तावको जवाफ दिने गरी प्रधानमन्त्री ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि सचिवालय बैठक स्थगित गरिएको छ । यस्तो समयमा दुई शीर्ष नेताहरु बीच भएको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

Skip This
Logo