गर्भवती महिलालाई मुटुको खतरा बढी

गर्भवती महिलालाई मुटुको खतरा बढी


अमेरिकामा गरिएको एक अनुसन्धानले महिलालाई गर्भवती हुने बेला देखि बच्चा जन्माएको दुई महिनासम्म पनि कुनै पनि बेला मुटुमा बढी समस्या आउन सक्ने खतरा बढी रहेको देखिएको छ ।

अमेरिकामा गरिएको उक्त अनुसन्धान रिर्पोटको जर्नल मायो क्लिनिक प्रोसिडिङमा प्रकाशित भएको थियो । उक्त लेखमा पछिल्लो पटक गर्भवती हुने महिलाहरुको उमेर बढ्दै गएको कारणले पनि उनीहरुमा उक्त समस्या देखिएको जनाइएको छ ।

पहिला महिलाहरु कमै कामकाजी भएको कारण उनीहरु गर्भवती हुदाँ आफुलाई गौरव मान्थे, आमा बन्न पाएकोमा उनीहरु खुशि हुन्थे । तर अहिले धेरै महिलाहरु कामकाजी भएको कारण उनीहरु गर्भवती हुदाँ खुशि भन्दा पनि बढि तनावमा हुने गरेका छन् । यहि तनावको कारणले पनि उनीहरुमा मुटुको समस्या बढी देखिन थालेको जर्नलमा जनाईएको छ ।

शोध अनुसार पछिल्लो पटम महिलाहरुमा मोटोपन र मधुमेहको समस्या पनि बढी देखिन थालेको छ । यो समस्याको प्रत्यक्ष असर भनेको मुटुमै हुने गरेको छ । शोधकर्ताहरुका अनुसार उनीहरुले अध्ययनको क्रममा ४ करोड ९८ लाख २९ हजार ७ सय ५३ डेलिभरीको बिश्लेषण गरेका थिए । जसमा १ हजार ६१ महिलाहरुमा बच्चा जन्माउनु भन्दा अगाडीको प्रसव समयमा मुटुमा समस्या आएको थियो । यस्तैगरी २ हजार ३ सय ९० महिलाहरुलाई भने बच्चा जन्माएपछि मुटुमा समस्या आएको थियो ।

Logo