सउल

दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । "/>

कोरियामा न्यूनतम ज्याला १०.९ प्रतिशतले बढ्यो

कोरियामा न्यूनतम ज्याला १०.९ प्रतिशतले बढ्यो


सउल

दक्षिण कोरियाले सन् २०१९ का लागि १०.९ प्रतिशतले न्यूनतम पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । बढेको ज्याला सन् २०१९ जनवरी देखि डिसेम्बर सम्म लागू हुने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । न्यूनतम पारिश्रमिक वृद्धि भएसँगै ईपीएस मार्फत कार्यरत आप्रवासी र तल्लो लेबलका मुलबासी करिब ३१ लाख भन्दा बढी कामदारहरू लाभान्वित हुनेछन् । जसमा ईपीएस मार्फत आउने १७ मुलुकका कामदार पनि उत्साहित छन् ।

जुलाई १४ शनिबार विहान लगातार १९ घण्टा सम्म सरकार, मजदुर संगठन र व्यवसायी प्रतिनिधिबीच भएको छलफलमा उक्त निर्णय भएको हो । ज्याला अगष्ट ५ मा संसदबाट पारित हुनेछ । नयाँ पारिश्रमिक अनुसार प्रतिघण्टा ८ हजार ३५० वन (७.३७ डलर) हुनेछ । यसवर्ष प्रतिघण्टा ७ हजार ५३० वन छ । कोरियाका राष्टपति मुन जे इनले सन् २०२० सम्म मजदुरको ज्याला १० हजार वन प्रतिघण्टा पुर्याउने प्रतिवद्धता गरेका थिए ।

हप्तामा ४० घण्टा (मासिक २०९ घण्टा) काम गर्ने कामदारले यसवर्षको न्यूनतम मासिक १५ लाख ७३ हजार ७७० वनबाट १ लाख ७१ हजार ५ सय ४० वन बढेर १७ लाख ४५ हजार ३१० वन पाउने छन् । जसको नेपाली रूपैयाँ १ लाख ६९ हजार ३३१ हुनेछ । नेपाली १ रूपैयाँ बराबर कोरियन वन १०.३१ वन हुन्छ । अघिल्लो वर्ष यसवर्षका लागि १६.४ प्रतिशत वृद्धि भएको थियो । ज्याला वृद्धिले कोरियामा कार्यरत नेपालीहरू उत्साहित भएका छन् ।
कारोबारबाट

Logo