प्रधानमन्त्री अ‌ाेलीले शीतल निवासमै पुगेर भेटे राष्ट्रपति विद्यादेवी भण्डारीलाई

प्रधानमन्त्री अ‌ाेलीले शीतल निवासमै पुगेर भेटे राष्ट्रपति विद्यादेवी भण्डारीलाई


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवास पुगेर भेटवार्ता गरेका छन् । आज दिउँसो बस्ने नेकपाको सचिवालय बैठक र मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली बुधबार बिहान शितल निवास भेटवार्ताका लागि पुगेका हुन् ।

नेकपाको विवाद सतहमा आएको बेला राष्ट्रपति भण्डारीको सक्रियता पनि यतिबेला बढेको छ । मंगलबार नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपति भण्डारीसँग भेटेका थिए । उक्त भेटमा राष्ट्रपति भण्डारीले सचिवालय बैठक सारेर दुई अध्यक्षबीच छलफल गर्न सुझाव दिएकी थिइन् ।

प्रधानमन्त्री एवं अध्यक्ष ओलीले आजको सचिवालय बैठक सार्न चाहेका छन् भने सचिवालयका बहुमत सदस्यहरू भने पूर्वनिर्धारित सचिवालय बैठक सार्न नहुने पक्षमा रहेका छन् । आजैका लागि प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ मन्त्रिपरिषद् बैठक बोलाएका थिए । तर पूर्वनिर्धारित सचिवालय बैठक बुधबार दिउँसो १ बजे नै बस्ने भएकाले अहिले मन्त्रिपरिषद्को बैठक २ बजे दिउँसो बस्ने गरी सारिएको छ ।

Logo