काठमाडौं

सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ । "/>

उपत्यकामा मनलाग्दी भाडा लिने डेढ सय ट्याक्सी माथि कारबाही

उपत्यकामा मनलाग्दी भाडा लिने डेढ सय ट्याक्सी माथि कारबाही


काठमाडौं

सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ । बितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवाना स्वरूप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ ।

विभागको तथ्याङ्क अनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन् । काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका ट्याक्सीमा मिटर जडान भइसकेको भए पनि ट्याक्सीचालकले मापदण्डमा रहेर सवारी नचलाएपछि कारबाही गरिएको हो । ०७३ साल साउन ७ गते भित्र भाडामा गुड्ने ट्याक्सीमा मिटर जडान गर्ने समय तोकिएको थियो, झन्डै १ हजार ट्याक्सीमा मिटर जोड्न अझै बाँकी छ ।

अनावश्यक ठग्ने प्रवृत्ति रोक्न र सामान चोरी हुनबाट जोगिने उद्देश्यका साथ प्रत्येक ट्याक्सीमा प्रिन्टर मेसिन जडान गरिएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । उनले भने – ‘अनुगमनमा मिटर जडान नगरेको पाइए १० दिन सम्म मिटर रोक्का राखिदिन्छौं । मिटरमा कैफियत देखिए मिटर नै जफत गर्छौं । यस्तै मिटरमा नचल्ने र मिटर बिगार्ने ट्याक्सीलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Logo