हेटौँडा

प्रदेश ३ को स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले काम थालेको छ । "/>

प्रदेश नं. ३ को स्थायी राजधानी खोज्न थालियो

प्रदेश नं. ३ को स्थायी राजधानी खोज्न थालियो


हेटौँडा

प्रदेश ३ को स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न गठित समितिले काम थालेको छ । प्रदेशसभा बैठकले गठन गरेको दुई सातापछि सम्भाब्यता अध्ययनका लागि समितिले काम सुरु गरेकोे हो ।

१३ सदस्यीय समितिको सोमबार हेटौँडामा बसेको बैठकले काठमाडौँका प्रदेशसभा सदस्य दीपक निरौलालाई समितिको सभापति चयन गरेको छ । सोमबारै समितिले प्रदेश तीनका मुख्यसचिव रेश्मीराज पाण्डेलाई बोलाएर अस्थायी राजधानी तोक्दा संघीय सरकारले लिएका निर्णयहरु बारे बुझेको छ ।

समितिका सभापति निरौलाले संघीय सरकारले अस्थायी राजधानी तोक्दा गरेको निर्णय, निर्णयका आधारहरु अध्ययनपछि सम्भावित प्रदेश राजधानीको स्थानबारे अध्ययन थालिने बताए । ‘हामीले अब काम सुरु गरेका छौं, राजधानी माग गर्दै प्रस्ताव दर्ता गराउने वा नगराउने सबै जिल्लामा सम्भाब्यता अध्ययन हुन्छ’, उनले भने, ‘सबै सदस्यहरुको भावनालाई समेटेर अबको ४५ दिन भित्र प्रदेशसभालाई प्रतिवेदन बुझाउँछौं ।’
अन्नपूर्णबाट

Skip This
Logo