काठमाडौँ
नेपाल प्रहरीको तथ्याङ्क अनुसार चालू आवको फागुन सम्ममा प्रहरीमा ७९५ बलात्कार सम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । "/>

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता : दैनिकरुपमा वढ्दै

चालु आवमा ७९५ बलात्कारका घटना दर्ता : दैनिकरुपमा वढ्दै


काठमाडौँ
नेपाल प्रहरीको तथ्याङ्क अनुसार चालू आवको फागुन सम्ममा प्रहरीमा ७९५ बलात्कार सम्बन्धी घटनाको उजुरी दर्ता भएको छ । अघिल्लो आवमा एक हजार १३१ वटा बलात्कार सम्बन्धी घटनाको उजुरी प्रहरीमा परेको काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्रप्रसाद शर्माले जानकारी दिए ।

महिलाका लागि साझा अभियान, नवौँ मानव अधिकार राष्ट्रिय महाभेला तथा संकल्पले बिहिबार राजधानीमा आयोजना गरेको महिला सुरक्षा सम्बन्धी कार्यक्रममा उनले भने, “गत आर्थिक वर्षमा ११ वटा यस्ता बलात्कारका घटना दर्ता भएको थियो, अहिले सम्मको अवस्था हेर्दा यस वर्ष पनि गत वर्ष भन्दा पनि बढी बलात्कारका घटना हुने देखिन्छ ।” केन्द्रीय बाल कल्याण समितिको तथ्याङ्क अनुसार चालू आवमा भएको बलात्कार सम्बन्धी घटना अनुसार ३१ प्रतिशत १० वर्ष मुनिका, ६२ प्रतिशत ११ देखि १५ वर्ष भित्रका, सात प्रतिशत १६ देखि १८ वर्ष सम्मका किशोरी बलात्कारमा परेका छन् ।

पाँच वर्षमुनिका बालिका देखि ६० वर्ष माथिका महिला पनि बलात्कार हुने घटना बढेको भन्दै उनहरुले कानून संशोधन गरेरै भए पनि बलात्कारीलाई आजीवन कारावासको सजायँ देखि मृत्युदण्डको व्यवस्था आवश्यक भएको सुझाव दिए । कार्यक्रममा मानव अधिकारकर्मी चरण प्रसाईंले कानूनी शासनको राम्रो अभ्यास गरी बलात्कार जस्तो जघन्य आपराधिक घटनाको अन्त्य गर्नु पर्ने बताए ।

संकल्पको अध्यक्ष एवं मानव अधिकारकर्मी लिली थापाले बलात्कार सम्बन्धी घटनाको अन्त्यका लागि सुरक्षा निकायमा महिला सुरक्षाकर्मी वृद्धि गरिनु पर्ने, महिला सुरक्षाको लागि पर्याप्त बजेटको व्यवस्था गर्नु पर्ने तथा बलात्कार सम्बन्धी स्पष्ट नीति बनाउन आवश्यक रहेकामा जोड दिइन् । कार्यक्रममा समाजशास्त्री डा विन्दु पोखरेल तथा डा छत्रा अमात्यले विद्यालय तथा कलेजका युवालाई मानवअधिकार र जघन्य अपराधका सम्बन्धमा पाठयक्रम मार्फत नै शिक्षा दिई बलात्कार घटनाको अन्त्य गर्न पहल गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा सहभागी अधिकांश महिला अधिकारकर्मीले बलात्कारमा सहभागी जो कोहीलाई आजीवन कारावासमा राखेर यातना दिनु पर्ने बताउँदै १२ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्डको सजायँ दिनु पर्नेमा जोड दिएका थिए ।
रासस

Logo